विन्ध्येश्वरी आदर्श बोर्डिङमा एकल गायन प्रतियोगिता सम्पन्न
विजेता विद्यार्थीहरुलाई जोजिजू म्युजिक सेन्टरमा एक महिना निशुल्क संगीत प्रशिक्षण
पाेखरा | साउन २५, २०८१
पोखरा: पोखरा महानगरपालिका–१ स्थित विध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत एक गायन प्रतियोगिता सम्पन्न भएको छ ।
‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा वार्षिक पात्रो अनुसार एकल गायन प्रतियोगिता सम्पन्न भएको हो ।
४० जना विद्यार्थीहरुको सहभागिता रहेको एकल गायन प्रतियोगिता दुई तहमा सञ्चालन भएको थियो ।
एकल गायन प्रतियोगिता आधारभूत जुनियर तर्फबाट अनुस्का अधिकारी प्रथम, निश्चल जि.सी. द्वितीय, क्रिस्टन जोशी तृतीय र सौगात हमालले सान्त्वना स्थान प्राप्त गरे ।
यस्तै आधारभूत सिनियर तथा मा.वि. तहमा सौरभमान शाक्य प्रथम, अंकित गुरुङ द्वितीय, सुनिशा श्रीपाल तृतीय र अस्दीप बर्देवाले सान्त्वना भए ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा स्कुलका संगीत शिक्षक दूतप्रसाद थापामगर र सोनु जोजिजूले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै पुरस्कृत भएका विद्यार्थीहरुलाई जोजिजू म्युजिक सेन्टरले एक महिनाको लागि निःशुल्क तालिम प्रदान समेत जानकारी दिए । यस कार्यक्रमको सञ्चालन कक्षा ८ की छात्रा मञ्जिसा भुजेलले गरेकी थिइन् ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

